समाचार

नेपालगञ्जमा सबै भन्दा बढि वडा नं–१० मा कोरोना संक्रमित

भदौ १७,बाँके

भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा ३ जना प्रहरीसहित १० जनामा कोरोना पुष्टि भएको छ । अस्पताल प्रयोगशालाले सार्वजनिक गरेको कोरोना रिपोर्टमा ५ पुरुष र ५ महिलालाई संक्रमण पुष्टि भएकोमा जिल्ला प्रहरी कार्यालय बाँकेका ३ जना पुरुष प्रहरीमा कोरोना पुष्टि भएको हो । जसमा नेपालगन्जका ३, बाँकेको खजुरा, कोहलपुर,जाजरकोट र बर्दियाका एक एक जना छन् ।
यसैविच नेपालगञ्जमा सबै भन्दा बढि वडा नं–१० मा कोरोना संक्रमित भेटिएका छन् । यो वडामा हालसम्म ४४ जना कोरोना भाइरसको संक्रमण फेला परेको छ । कोरोना संक्रमितहरु धेरै भएको दोस्रो नम्बरमा वडा नं–८ रहेको छ । हालसम्मको तथ्याँक अनुसार ३१ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । त्यस्तै बढि संक्रमित भेटिने तेस्रो नम्बरमा वडा नं–१ रहेको छ । तथ्याँक अनुसार त्यहाँका २७ जना व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको २३ वटै वडाहरुका ४५० जनामा कोरोना पुष्टि हुँदा यी तीन वटा वडाहरुमा सबैभन्दा बढि संक्रमण देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *