समाचार

खाद्य सङ्कटमा बाजुरा जिल्लामा जहाज चार्टर गरेर मदिरा ढुवानी

भदौ-१७,बाँके

बाजुरा जिल्लाको कोल्टी क्षेत्रमा खाद्य सङ्कट भएको दुई महिना वितिसक्दा पनि चामल ढुवानी हुन सकेको छैन । खाद्य सङ्कट समाधानका लागि चामल ढुवानी गर्नुपर्नेमा जहाज चार्टर गरेर मदिरा ढुवानी भइरहेको छ । कोराना सङ्कटको समयमा मदिरा तथा सूर्तिजन्य पदार्थ ढुवानीमा रोक लगाए पनि कोल्टी एयरपोर्टमा भने खुलमखुल्ला मदिरा ढुवानी भइरहेको छ । कोल्टी विमानस्थलमा दैनिक सात वटा जहाजले उडान भर्ने गरेका छन् । तीमध्ये तीन र चार उडानमा मदिरा नै आउने गरेको बाजुरा नागरिक उडड्यन कार्यालयका निमित्त प्रमुख प्रसाद पौडेलले बताउनुभयो । सङ्कटको यो बेलामा मदिरा नआउनुपर्ने हो, तर नेपालगन्ज सुर्खेतबाट जहाज चार्टर गरेर मदिरा जाने गरेको उहाको भनाइ छ । नेपालगन्ज, सुर्खेतबाट सिता, समिट र तारा एयरले दैनिक बाजुरामा उडान भरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *