समाचार

बाँके मा फेरि अर्को सन्चार कर्मी लाई कोरोना पोजेटिभ

नेपालगन्ज ,बाँके १६भदौ – बाँकेमा आज एक सन्चार कर्मी सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका २४ जना संक्रमण पुष्टि भएको हो । यसका साथै बर्दियाका ४ र दाङका ५ जनामा पनि संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८१ वटा नमुना परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेका प्रहरी, सञ्चारकर्मी, बैंर्कस र कर्मचारीका साथै भेरी अस्पतालका एकजना बिशेषज्ञ सहित ६ जना स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, जिल्ला प्रहरी कार्यालयका ९ जना प्रहरीमा पनि भाइरस पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *