समाचार

निर्देशिका विरुद्ध आशिंक शिक्षकहरुद्धारा संयोजकको पुत्ला दहन


मधु पौडेल
नेपालगंज,१५ गते भदौ
त्रिभुवन विश्वविद्यालयद्धारा भाद्र १ गते अतिरिक्त कक्षा व्यवस्थापन लागि जारी गरीएको निर्देशिका विरुद्ध आज आशिंक शिक्षाहरुले आन्दोलन गरेको छन । जारी निर्देशिका आंशिक शिक्षकहरुलाई व्यवस्थापनको साटो विस्थापन गर्ने योजना अनुरुप आएको भन्दै निर्देशिका जलाउनुका साथै निर्देशिका तयारी समितिका संयोजक प्रा.डा.ओम बरालको पुत्ला समेत दहन गरेको हुन ।
विगत लामो समय देखि त्रिभुवन विश्वविद्यालयमा आंशिक शिक्षकको रुपमा पढाउँदै आएका शिक्षकहरुले महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको भित्र विश्व विद्यालयद्धारा यही भाद्र एक गते अतिरिक्त कक्षा व्यवस्थापन लागि जारी गरीएको निर्देशका जलाउनुका साथै निर्देशिका तयारी समितिका संयोजक प्रा.डा.ओम बरालको पुत्ला समेत दहन गरेको छन ।जारी २०७७ ले आंशिक प्राध्यापकहरुको पेशागत स्थायित्व र विगतदेखि हुदै आएको श्रम शोषणको अवस्था पुरानै रहने देखिएको हुदाँ आशिंक प्राध्यापकहरुको पुर्ण व्यवस्थापन(समान काामको समान ज्याला) हुने गरी नयाँ कार्याविधिको माग गर्दै निर्देशिका जलाउने र पुत्ला दहनकाको कार्याक्रम आयोजना गरीएको महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज नेपाल आंशिक प्राध्यापक संघ इकाई समितिका अध्यक्ष धनीराम थापाले बताउनु भयो ।
यसैरी इकाई समितिका सचिव ईश्वरी प्रसदा रिजाले पटकपटक आन्दोलन गर्दा पनि सरकारले आंशिक प्राध्यापकहरुको मागलाई सम्वोधन हुने किसिमको कार्य नगरेको आंशिक शिक्षकहरुको भनाई रहेको छ । अहिले ल्याइएको निर्देशिकामा जुन प्रकारले नियुक्ति मिति तोकेर त्रिभुवन विश्वविद्यालयले आफुहरुलाई धोका दिइरहेको बताउनु भयो ।विगत लामो समय देखि समान कामको समान ज्यालाका लागि आन्दोलन गर्दै आएका आंशिक प्राध्यापकहरुको माग पुरा नभई रहेको अवस्था छ । यसरी हरेक समस्यालाई सजिलै समाधान गर्न सक्ने क्षमता बोकेको सरकारले यसरी बौद्धिक वर्ग श्रम शोषण गर्दा समाधानको बाटो दिन नसक्नु लज्जास्पद भएको र यसरी नै अगाडि बढ्ने हो भने त्रिभुवन विश्वविद्यालयका कुलाध्यक्षहरुको समेत पुतना दहन लगायतका कडा कार्यक्रमहरु बन्ने समेत आशिंक प्राध्यापकहरुले बताएका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *