मनोरञ्जन

संन्चारकर्मी तथा मोडल राजेश बिसीको म्यूजिक भिडियो सार्बजनिक(भिडियो सहित)

अहिले बिश्वभर कोरोना भाइरसको त्रास छ पछिल्लो समय कुनै पनि क्षेत्रमा हुनुपर्ने काम भईरहेको छैन । तर पनि सकी नसकी केही क्षेत्रमा भने काम फाट्ट फुट्ट भईरहेका छन । त्यसै क्रममा सव्चारकर्मी तथा मोडल राजेश बिसीको म्युजिक भिडियो सार्बजनिक भएको छ । मेरो जीबन साथी बोल रहेको गीतमा आवाज चर्चित गायक तथा सर्जक थुप्रै गीतले चर्चा बटुलेका र जनमानसमा बस्न सफल बिपी बाग्लेको रहेका छ भने उनलाई मिठो स्वरकी धनी चर्चित गायिका रजिना रिमालले साथ दिएकी छिन ।
गीतमा शब्द बरिष्ठ गीतकार डा भोला रिजालको रहेको छ । संगित पंडित इन्दु प्रकाश त्रिबेदीको र संगित संयोजन सदिप कार्की धालीको रहेको छ । मीसन इन्टरटेनमेन्ट प्रालीको प्रस्तुती रहेको उक्त गीतमा शब्द चयन संगै बिभिन्न कुरामा गीतको आर्कषण देखिएको छ । बिभिन्न अनुभबी ब्यक्तित्वहरुको गीतमा मेहेनत रहेको छ । अझ भन्नु पर्दा लामो समय यसै क्षेत्रलाई नियालेका ब्यक्तिहरुको सहकार्य रहेको छ ।
गीतमा अभिनय राजेश बिसी बुढाथोकी,प्रसान्त केसी,सबु पौडेल र रन्जु वलिको रह्को छ भने निर्देशन तथा परिकल्पना सफल कलाकार तथा निर्देशक साहित सिंह ठकुरीको रहेको छ । भिडियोको छायाकंन तथा सम्पादन रामु चौधरीले गरेका छन । बांकेका बिभिन्न स्थानमा छायाकंन गरिएको भिडियो कस्तो बनेको छ भन्ने कुरामा सम्पुर्ण टीमले हेरेर प्रतिक्रिया र माया गरिदिन हुन आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *