समाचार

बाँकेमा सातामा दुई दिन हिड्डुल समेत गर्न नपाइने

बाँकेमा अब देखि सातामा दुई दिन हिड्डुल समेत गर्न नपाइने भएको छ । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको भदौ १२ गते बसेको बैठकले आगामी सातादेखि शुक्रवार र शनिवार जिल्ला पुरै सिल गर्ने निर्णय गरेको छ । त्यस दिन कडा लकडाउन गरिनेछ, जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले भने, यसले तिब्र संक्रमण दर रोक्छ भन्ने विश्वास रहको छ । त्यसबेला अस्पताल र स्वास्थ्य संस्था बाहेक कुनै खुल्ने छैनन, पैदलसमेत हिड्न नपाइन बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *