समाचार

बाँके मा फेरि ३जना कोरोना संक्रमीत थपिए

नेपालगन्ज बाँके ११ भदौ – बाँकेको नेपालगन्जका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बिहिबार बेलुका नेपालगन्जका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार, नेपालगन्ज ४ का ३५ बर्षिया एक महिला, १८ का २६ बर्षिया एक महिला र ३८ बर्षिय एक पुरुष गरी बिहिबार बेलुका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज दिउँसो मात्रै भेरी अस्पतालमा गरिएको परिक्षणमा दुई डाक्टरसहित जिल्लाका ३३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

आज थपिएका नयाँ संक्रमितसहित जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ सय ५६ पुगेको छ । जसमध्ये, ६ जनाको ज्यान गइसकेको छ भने ६ सय ८२ जना संक्रमित निको भइ घर गइसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *