समाचार

बाँकेमा अहिले सम्मकै धेरै कोरोना संक्रमित फेला

बाँकेमा अहिले सम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्जको भेरी अस्पतालमा गरिएको परिक्षणमा २२ जना र बागेश्वरी डाइग्नोस्टिक प्रयोगशालामा गरिएको परिक्षणमा ५१ गरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ १० गते संक्रमित मध्ये, नेपाली सेनाको पश्चिम पृतना शिक्षालय कौशिल्यानगर कोहलपुरमा कार्यरत ५१ जना नेपाली सेनाका हुन भने नेपाल टेलिकमका ८ लगायत रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । नेपाल टेलिकमको नेपालगंज कार्यालयका ६५ कर्मचारीको स्वाव लिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको हो । कर्मचारीमा संक्रमण देखिएपछि अर्को सूचना नहुंदा सम्म कार्यालय वन्द गरिएको छ । यसैगरी, उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासमा कार्यरत कर्मचारीमा आज कोभिड पुष्टि भएको हुदा उच्च अदालतका सबैको स्वाब जाँच गर्ने र रिपोर्ट नआएसम्मका लागी अदालतका सम्पूर्ण काम कारवाही आजैका मितिदेखि स्थगित गर्ने वार बेन्चको आकस्मिक बैठकले निर्णय गरेको छ । यस्तै भेरी अस्पतालमा भएको परिक्षणमा आजै बर्दियाका थप एक जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैबीच, बाँकेमा आज ६ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमण निको भई घर फर्कनको संख्या ६ सय ६० पुगेको छ । पछिल्लो २४ घन्टामा देशैभर ८ सय ८५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *