समाचार

बाँकेमा एक चिकित्सकसहित ९ जनामा कोरोना संक्रमण पुष्टि

भदौ ९गते,नेपालगंज

बाँकेमा एक चिकित्सकसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जको भेरी अस्पतालका फिजिसियन डा. राजन पाण्डेसहित नौ जनामा संक्रमण देखिएको हो । यसअघि हिजो सोही अस्पतालका अर्का फिजिसियन डा. संकेत रिसालमा कोरोना संक्रमण पुष्टि भएको थियो । भेरी अस्पतालमा आज गरिएको पिसिआर परीक्षणमा एभरेष्ट बैंकका २ जना, वडा प्रहरी कार्यालय नेपालगञ्जका एक, नेपालगञ्जको वडा नम्बर ४ का ३, वडा नम्बर १ र ९ का एक÷एक जनामा कोरोना पुष्टि भएको छ । भेरीमै गरिएको परीक्षणमा बर्दियाका ६ जनामा पनि कोरोना देखिएको छ । ठाकुरबाबा नगरपालिकाका ४ जना तथा बढैयाताल गाउँपालिका र राजापुर नगरपालिकाका एक÷एक जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । बाँकेमा आज २६ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । होटल सिटी प्यालेस आइसोलेसन नेपालगञ्जबाट २१ जना र खुल्ला कारागार आइसोलेसन गनापुरबाट ५ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । यो संगै बाँकेका कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ६ सय ५४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *