समाचार

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

भदौ ९ जुम्ला

जुम्लाका किसानलाई बगौंचामा स्याउ टिप्न चटारो परेको छ । तर, कोरोना भाइरस रोकथामका लागि जुम्ला प्रशासनले यहाकाँ आठवटै स्थानीय तहमा निषेधाज्ञा जारी राखेकाले टिपेको स्याउ विक्री गर्न समस्या परेको छ । टिपिएका स्याउ कहा, कसरी बिक्री गर्ने टुंगो नभएकाले समस्या भएको चन्दननाथ नगरपालिका–८ का स्याउ किसान लक्ष्मी देवकाटाले गुनासो पोखे । कृषि विकास कार्यालय जुम्लाले भदौ १० गतेदेखि मात्र स्याउ टिप्ने अनुमति दिएको छ । किसानले छिटो पाक्ने स्याउ टिप्न शुरु गरेको जनाएका छन् । स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नवराज भण्डारीका अनुसार यस वर्ष जुम्लामा १० हजार मेट्रिक टन स्याउ फल्ने पूर्वानुमान गरिएकामा पाँच हजार एक सय मेट्रिक टन मात्र स्याउ फल्ने अनुमान गरिएको छ । स्याउमा फल कम लागेका कारण किसानलाई ठूलो घाटा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *