समाचार

बाँकेमा आज एक उपसचिवसहित २१ जनाले कोरोना जितेर घर फर्के

नेपालगन्ज ,६भदौ – बाँकेमा आज एक उपसचिवसहित २१ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्ला समन्वय समितिका उपसचिवसहित २१ जना साउन २४ गते संक्रमित भएका उनीहरु संक्रमण जितेर घर फर्केका हुन । स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले विभिन्न आइसोलेसन सेन्टरमा बसेका उनीहरु कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिनुभयो । जिल्लामा आज विहानसम्म ८ सय ७ जना संक्रमित रहेको र यी मध्ये ५ सय ६८ जना डिस्चार्ज भएका छन् । यी मध्ये २ सय ३५ जना सक्रिय संक्रमित भएर आइसोलेसनमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *