समाचार

नवराज सुबेदीको निर्देशन तिलक परियारको टप्पा गीत सार्बजनिक ।

बिश्व महामारीको आक्रान्तमा छ बिभिन्न पेशाहरुमा खडेरी पर्ला जस्तै भएको छ । के काम गर्नेङ्ग कतै भोकमरीमा त परिने हैन भन्ने त्रास पनि छ एकतिर, तर पनि केही संख्यामा भने म्युजिक भिडियोहरु बजारमा आउने क्रम जारी नै रहेको छ ।अन्य पेशा त छदै थियो तर अहिले कलाकारिता पेशा पनि त्यस्तै समस्यामा गुज्रीरहेको अबस्था छ । सरकारले नागरिकहरुको ज्यान जोखीममा नजाओस भन्ने उद्धेश्यले लकडाउन लगाईरहेको छ तर पनि केही जोहो गर्नलाई नै भनौ पछिल्लो समय सामाजिक दुरी कायम गरेर म्यजिक भिडियोहरु छायाकंन पनि भईरहेका छन ।त्यसै क्रममा तिलक परियारको सुन हजर बोलको टप्पा गीत आफ्नै यु ट्युब च्यानलबाट सार्बजनिक भएको छ । प्रिज्म रेकडिंङ्ग स्टडियोमा रेकडिंङ्ग गरिएको सो गीतमा शब्द लक्ष्मण ओली,लय तिलक परियार,संगित संयोजन बिबि अनुरागीको रहेको छ भने स्वर तीलक परियार र टीका पुनको रहेको छ ।

गीतमा मोफसलमा बसी अहिलेका ब्यस्त निर्देशक नवराज सुबेदीको परिकल्पना र निर्देशन रहेको छ । केन्द्रमा भन्दा मोफसलमा म्युजिक भिडियो बनाउन चुनैती रहेको भन्दै निर्देशक सुबेदीले अहिलको स्थिती अनुसार सामाजिक दुरी कायम गरेर भिडियो बनाएको जानकारी दिए । गीतमा कलाकार सरला शाही, बादल स्याङ्घाबो तामाङ्ग,पुष्पा रेग्मी,आकाश ठाकुर,स्मारीका मल्ल,झबीन बर्मेली सुनार रहेका छन । बांकेको पर्यटकिय स्थल गाभरमा छायाकंन गरिएको सो गीतमा छायाकंन सम्पादनमा यो क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल आर केसी प्रालीका निर्देशक रामु चौधरीको रहेको छ ।यो लागायत रामु चौधरीले ५०० भन्दा बढी म्युजिक भिडियोहरुमा छायाकंन तथा सम्पादन गरिसकेका छन । निर्देशक नवराज सुबेदी र रामु चौधरीको यो भने ८ औं सहकार्य हो। भिडियोमा सकेजती मेहेनत गरेको र भिडियोलाई दर्शकहरुले माया गरिदनु हुनेछ भन्ने टिमको पुर्ण आशा रहेको र एक पटक हेरी दिन र माया गरिदिन पनि आग्रह रहेको छ । साथै भिडियोलाई सफल बनाउन सहयोग गरिदिनुहुने बिभिन्न मिडिया,कोरस डान्सर लगायत गगन दर्नाल,ओम शर्मालाई पनि बिषेश धन्यबाद दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *