समाचार

आज नेपाली चेली हरुको दर खाने दिन

फाइल फोटाे

खजुरा,४ भदौ – नेपाली नारिहरुको महान पर्व हरितालिका तिज को अघिल्लो दिन आज तीजको दर खाने दिन । भोलि बस्ने व्रतको अघिल्लो दिन आज रित अनुसार राती घ्यू मा पकाएको चामल, खीर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दूध घिउबाट बनेका परिकार दरका रुपमा खाने परम्परा छ ।

ठाउँअनुसार कतै बेलुका अरु चीज नखाएर दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।

हिन्दु धर्मशास्त्रमा उल्लेख कथाअनुसार परापूर्वकालमा पार्वतीले शिव भगवानलाई पति पाउन निराहार व्रत बसेको र कामना पूरा भएको विश्वासमा सुयोग्य पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै भोलि व्रत बस्ने चलन छ ।

तीजमा धेरै महिला व्रत बस्ने गरे पनि पहिलेजस्तो निराहार व्रत बस्ने चलन भने हराउँदै गएको छ । दर खानको लागि चेलीबेटीलाई माइत बोलाउने चलन भए पनि यो वर्ष कोरोना संक्रमणका कारण चेलीबेटी आफ्नै घरमा नै तीज मनाउने तयारीमा छन् ।यो बर्ष कोरोनाको कारण अघिल्लो बर्षको तुलनामा तिज को रोउनक भने देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *