समाचार

बाँकेमा कोरोना को कारण फेरि एक को मृत्यु

नेपालगन्ज ,2 भदौ – बाँके मा सोमबार नेपालगन्ज का ६२ बर्षिय एक पुरुष को कोरोना का कारण मृत्यु भएको छ ।

भाइरस संक्रमणको लक्षण देखिए पछि अस्पताल भर्ना भएका उनी को सोमवार राती नेपालगन्जमा मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारार्थ नेपालगन्ज ५ का ६२ वर्षीय पुरुषको सोमवार अबेरराती ११ः ४० बजे मृत्यु भएको थियो । योसंगै बाँकेमा कोरानाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ भने देशभर १०८ पुगेको छ ।
बाँके जनस्वास्थ्यका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले मृत्युको घटना पुष्टि गरेका छन् । दुवै साइट छाती दुखेर पीसीआर चेक गर्दा कोरोना संक्रमण पुष्टि भएका ती पुरुष तीन दिनअघि मात्र अस्पताल भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *