समाचार

बैजनाथ का सबै वडामा स्वास्थ्य सेवा विस्तार


नेेपालगन्ज,२८ सााउन – बाँकेको बैजनाथ गाउँपालिकाले आफ्नो नागरिकहरुको स्वास्थ्य लाई मध्यनजर गर्दै सबै वडाहरुमा आधारभूत स्वास्थ्य कार्यालय स्थापना पुरा गरेको छ ।
सामान्य स्वास्थ्य अवस्था आउदा पनि अयन्त्र जानु पर्ने बाध्यकारी अवस्था अत्य भएको छ बैजनाथ गाउँपालिका अध्यक्ष मान ब रुचाल ले आधारभूत स्वास्थ्य कार्यालय उद्घाटनमा भने । हाल संचालनमा रहेका आधारभूत स्वास्थ्य कार्यालयहरु बाट न्यूनतम उपचार सगै मनोपरामर्श सेवा शुरु हुने छ रुचालले भने । हामीले आम नागरिकहरुको अपेक्षाहरुलाई यसरी नै विस्तार गर्ने छौँ उनले भने ।
बाँकेको बैजनाथ गाउँपालिकामा हाल आठ वटा वडा कार्यालयहरु रहेका छन् । जस मध्ये आधारभूत स्वास्थ्य कार्यालय वडा न ७, ६ ,४, २ , स्थापना गरिएको हो । अन्य वडाहरुमा स्वास्थ्य चौकी र उप स्वास्थ्य पहिला नै संचालनमा छन् ।
स्थानीय सरकारले यो राम्रा काम गरेको छ अब सबै सेवाहरु यसै आधारभू्रत कार्यालय बाट शुरु भयो भने झन राम्रो हुने छ बैजनाथ गाउँपालिका २ का स्थानीय युवा राजु रुचालले भने ।
बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले न्यूनतम सेवाहरु क्रमिक रुपमा विस्तार गरिने बताए । हाललाई आधारभूत स्वास्थ्य केन्द्रहरु मा एक अहेव एक स्टाफ नर्स एक कार्यालय सहयोगी लाई काममा खटाइएको जानकारी गराए ।
उद्घाटन कार्यक्रममो समापन गर्दै वडा अध्यक्ष प्रेम ब थापाले जनताहरुको आवश्यकता यसै गरी पुरा गर्ने विस्वास व्यक्त गरे । उनले भने सबै नागरिक समाज राजनितिक दल आम नागरिकहरुले यस स्वास्थ्य सेवा केन्द्रबाट सेवा लिन सबैलाई प्रेरित गर्न आवश्यक रहेको औल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *