समाचार

थप १ को मृत्यु कोरोना को संक्रमण बाट मृत्यु हुनेको संख्या ८४ पुग्यो

फाइल फोटो

काठमाडौं २८, साउन ।
नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ७२ वर्षीय वृद्धको मंगलबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

चार दिनअघि ज्वरो आएको र स्वाब परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा ल्याउदै गर्दा बाटैमा मृत्यु भएको सप्तरीका जिल्ला जनस्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो।

मृतक मुटु, थाइराइड, सुगर र उच्च रक्तचापका पीडित थिए। यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ८४ पुगेको छ। स्वास्थ पेज मा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *