
दाहिने हातमा सुदर्शन चक्र, शिरमा मयूरको प्वाँख, तेजस्वी अनुहार, घाटीमा फूलको माला र बाँसुरी को सुमधुर आवाज मा माहिर श्री कृष्ण माता देवकी र पीता वसुदेवको आठौँ सन्तानको रूपमा जन्म भएको हो। उनको जन्म राति १२ बजे कारागार मा भएको हो। किंवदन्ती अनुसार उनको जन्म अन्याय अत्याचार को विरुद्ध, असत्य माथि सत्य को जित, अधर्मी माथि धर्म को जित र एक नयाँ युगको सुरु भएको संकेत गर्न र नयाँ युगलाई पौराणिक र धार्मिक ग्रन्थ अनुसार पछिल्लो पीढी लाई धार्मिक निर्देशन दिन भएको हो।
श्री कृष्ण को माता देवकीको भाइ माथुरा नरेश राजा कंश हुन्। राजा कंशले आफ्ना बुवा उग्रसेनलाई जेलमा राखी आफूले राज्यसत्ता कब्जा गरेका थिए। ब्रामीनको भविष्यवाणीबाट डराएर कंशले आफ्नो बहिनी ज्वाइँ दुवैलाई जेलभित्र कैद गरेर राखेका थिए। भविष्यवाणी अनुसार कंशको मृत्यु देवकीको आठौँ सन्तानको हातबाट हुने भन्ने थियो। मृत्यु को भय संग डरायको कंशले सुरूका छ सन्तानको हत्या गर्यो तर माता देवकीले सातौँ सन्तानलाई गायब पार्न सफल भईन जो पछि बलराम को नामले चिनीनु भयो। आठौँ सन्तानको रूपमा कृष्णको जन्म भयो।
जन्मिने बित्तिकै विष्णु भगवान स्वयम् प्रकट भएर वासुदेवलाई भने र कृष्णलाई गोकुल पुर्याउन लगाए। पिता वासुदेवले कृष्णलाई मध्यरातमा यमुना नदी पार गरी सकुशल गोकुल पुर्याए। वासुदेवले कृष्णलाई त्यहीँ छाडी यसोधाको छोरी लिएर कारावास फर्केर आए। कंशले त्यस अबोध बच्चालाई देवकीको आठौँ सन्तान ठानी ढुङ्गामा फालेर हत्या गर्ने कोशिस गरे तर उनी हावामा उडीन र कंशलाई उसको मृत्युको बारेमा चेतावनी दिएर गायब भइन् ।
कृष्ण को बालयकाल गोकुल मा भयो जहाँ उनले अनेकौ बहादुरी काम गरे साथै अनेकौ उपनाम पनी पाए।पछि उनी मथुरा फर्के र बलरामको सहायताले कंशको संहार गरे।कंशको संहार अन्याय अत्याचार विरुद्ध को लडाई थियो भने महाभारतको लडाई मा कृष्ण ले पाण्डव को पक्ष लिएका थिय, सोही क्रममा अर्जुनलाई दिव्योपदेश दिने क्रममा “श्रीमदभागवत गीता” स्वयम् श्री कृष्ण बाट व्यक्त भएको उपदेश थियो जुन हिन्दु धर्म को पवित्र ग्रन्थ मानिन्छ। श्री कृष्ण ले आजीवन सत्यको पक्षमा साथ दिए र मानवजाति लाई सत्य को बाटो अंगाल्दै सत्कर्म गर्न प्रेरित गर्नुभएको छ। लेखक- शिव राज कार्की