समाचार

बाँके ४८ जना कोरोना संक्रमण थपिए

नेपालगन्ज २५ साउन – बाँकेमा आइतवार थप ४८ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

भेरी अस्पताल नेपालञ्न्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका थप ४८ सहित ५१ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा प्रहरी कार्यालय नेपालगञ्जबाट संकलन गरिएको ४७ स्वाबमध्ये २९ जना र एक जना बागेश्री मन्दिरमा बस्ने प्रहरीलाई कोरोना देखिएको छ । त्यस्तै १ जना प्रदेशसभा सदस्य, नेपालगञ्ज ५ का १, ११ का १ र कोहलपुरका २ जना तथा दाङका ३ जनामा संक्रमण देखिएको छ ।

आइतवार थप भएका संक्रमितसहित बाँकेमा कूल संक्रमितको संख्या ६ सय १५ पुगेको छ । यसरी दिन प्रती दिन कोरोना सन्क्रमित को संख्या समाजमा बढन थाले पछि नेपालगन्ज को क्षेेत्र मा पुस्पलाल चौक देखि गणेश मान चौक का पूर्व तर्फका स्थान हरु पुर्ण रुप् ले शिल समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *