समाचार

बाँके मा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ पुग्यो

नेपालगन्ज, साउन २५
कोरोना भाइरसका कारण बाँकेमा थप एक जनाको मृत्यु भए संगै हाल सम्म बाँके मा कोरोना को संकारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७० बर्षिया महिलाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए ।
मृतक महिला कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी हुन् । यो सँगै कोरोना भाइरसका कारण जिल्लामा मृत्यु हुनेको संख्या ३ पुगेको हो । यसअघि बाँके, नरैनापुर गाउँपालिका वडा नम्बर ५ का २४ बर्षिय युवक र बैजनाथ गाउँपालिका निवासी महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *