समाचार

किन समुदाय मा केन्द्रित भयो कोरोना

नेपालगन्ज ,२४ साउन – शुक्रबार मात्रै लकडाउनपछि सबैभन्दा बढी ४६४ संक्रमित पहिचान भएकोमा काठमाडौं उपत्यका सहित, पर्सा, मोरङ, सप्तरी तथा बाँके लगायतका जनघनत्व बढी भएका स्थानमा समुदायमा महामारी फैलिएको पाइएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पर्साका १३८ जनामा, काठमाडौंका ८८, मोरङका ६४, बाँकेका २९, सप्तरीका २९, कैलालीका १८, बर्दियाका १५, सर्लाहीका १२, धनुषा र कास्कीका ११/११, ललितपुरका १० र बाराका ९, नुवाकोटका ८, रौतहटका ५, भक्तपुर, नवलपरासी र कालीकोटका ४/४ जना, झापा र तनहुँका २/२ तथा सुनसरी, सिन्धुपाल्चोक, नवलपुर, गुल्मी, स्याङ्जा, अछाम, सुर्खेत, कञ्चनपुरका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमितको संख्या २२ हजार २१४ पुग्दा ७३ जनाको मृत्यु भएको छ भने १५ हजार ८१४ जनाले कोरोना जितेका छन् । पछिल्लो नतिजा अनुसारको रोकथाममा स्वास्थ बिभाग लाई हम्मे हम्मे परिरहेको अबस्थामा जन समुदायका नागरिक खुलेआम हिड्ने र सुरक्षा कर्मिले आफ्नो जिन्दगी लाई प्रबाह नगरी देश ए नागरिक को हित को लागि रात दिन खटिएका लाई समेत प्रभावित बनाइ सक्यो तर पनि जनताले लकडाउन को पालना नगर्नले यो रोग बस्ती बस्ती मा जाने जोखिम बढी भएको छ । जब सम्म प्रतेक नागरिक ले आफुलाइ सजक राख्ने तरिका को बिकास हुदैन तब सम्म रोग को नियन्त्रण गर्न कठिन हुने बिज्ञहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *