समाचार

नेपालगन्ज उपमहानगर पालिका को चार किल्ला शनिबार बाट सिल हुदै

बाँके,साउन २३ गते । बाँके को नेपालगञ्ज उपमहानगरपालिकाको चारै किल्ला शनिबार बाट सिल हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना संक्रमणको जोखिमयुक्त क्षेत्रका रुपमा नेपालगञ्जलाई सिल गर्न लागेको हो ।

शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले श्राउन २४ गते राती १२ बजेदेखी श्रावण २७ गते राती १२ बजेसम्मकालागि नेपालगञ्जका उपमहानगरका चारै किल्ला सिल गर्ने निर्णय गरेको हो । त्यस अवधिमा नेपालगञ्ज नगरभित्र स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शवबहान र दमकल बाहेकका सम्पूर्ण सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाईएको छ । हिडडुल तथा ब्यवसाय संचालनमा समेत पूर्णतया निषेध गरीएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँके जिल्ला प्रशासन कार्यालयका अनुसार नेपालगञ्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखी गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाँउ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखी बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ ।

बाँके प्रशासन कार्यालयले गत आइतबारदेखि लगाइएको निषेधाज्ञाको समय अबधि समेत बढाइएको छ । बाँकेमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा लगातार द्रुत गरिमा बढ्दै जान थालेपछि भोलि शनिबारसम्मका लागि जारी गरिएको निषेधाज्ञाको समय पनि बढाएर आउँदो मंगलबार रातीसम्म पु-याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *