समाचार

बाँके मा फेरि संचार कर्मी पनि कोरोना पीडित

नेपालगन्ज ,२२- साउन – बाँकेमा दोस्रो पटक सञ्चारकर्मीमा कोरोना संक्रमण देखा परेको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं–२ का एक जना ४५ वर्षीय सञ्चारकर्मीलाई कोरोना संक्रमण देखिएको जनएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बिहीबार जिल्लामा पुष्टि भएका २८ जनामध्ये एक जना सञ्चारकर्मीमा पनि कोरोना संक्रमण रहेको फेला परेको बतएका छन ।

बाँकेमा यसअघि पनि नेपालगञ्ज २ का एक सञ्चारकर्मी दम्पतिमा कोरोना संक्रमण भेटिएको थियो । हाल उनीहरु कोरोनामुक्त भइ घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *