समाचार

बाँकेमा एक चिकित्सकसहित आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज ,२२ साउन – बाँकेमा एक चिकित्सकसहित आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परीक्षणमा जिल्लाका विभिन्न स्थानका २८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कार्यरत एक चिकित्सक रहेका छन् । यस्तै बर्दियाका १४ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालले आज जारी गरेको सूचना अनुसार, पछिल्लो ४८ घण्टामा ५ सय ९० जनाको नमूना परीक्षण गर्दा बाँके र बर्दियाका गरी ४२ जनामा कोरोना संक्रमण देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशैभर ३ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ३ सय ६० जनासहित देशभर संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको जानकारी दिनुभयो । संक्रमितमध्ये अहिलेसम्म १५ हजार ३ सय ८९ जना उपचारपछि घर फर्किएका छन् भने ६५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *