समाचार

बाँकेमा निषेधाज्ञा शनिबार सम्म लम्बियो

नेपालगन्ज ,२०साउन – कोरोना संक्रमणको संख्या बढ्दै गएपछि बाँकेमा गत आईतबारदेखी लागु गरिएको निषेधाज्ञाको अवधि ३ दिन को लागि गरिएकोमा जोखिम लाई मध्ये नजर गर्दै आउदो शनिबारसम्म बढाईएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदाय स्तरमै कोरोना पोजिटिभ केस बढ्दै गएकोले मंगलबार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (डिसिसीएमसी) को बैठकले आइतबारदेखि जारी निषेधाज्ञा आउँदो शनिबार राती १२ बजे सम्मकालागि लम्ब्याउने निर्णय गरेको जानकारी दिए ।

यसअघि आईतबारदेखी लागु गरिएको निषेधाज्ञाको अवधि मंगलबार राती १२ बजेबाट सकिदैं थियो । नयाँ निर्णय अनुसार आगामी शनिबार राती १२ बजेसम्म बाँके जिल्लाभर निषेधाज्ञा लागु हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *