समाचार

बाँके मा फेरि लकडाउन

नेपालगन्ज, १५ श्रावण – कोरोना भाईरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि बाँकेमा निषेधाज्ञा जारी गरिने भएको छ । बिहिबार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (सिसीएमसी) को बैठकले आईतबारदेखी मंगलबार (तिन दिन) सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।

लकडाउन खोलेसँगै जिल्लामा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आईतबारदेखि निषेधाज्ञा लगाउनु पर्ने अवस्था आएको कुरुम्वाङले बताए ।
विहिबार राजश्व कार्यालय नेपालगन्जका ११ सहित नेपालगन्जका २७ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणको दर बढ्न थालेपछि बाँके प्रशासनले कडा कदम चाल्न बाध्य भएको कुरुम्वाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *