समाचार

मानवीय को पहिचान लाई शिरोधार्य गर्दै बशन्ती

नेपालगञ्ज, साउन ११ गते —मानव को धर्म निवाउदै नेपालगन्ज कि बशन्ती रोकाय शर्मा ले डाेल्पा का दुई महिलाको ५ महिना आफ्नै घरमा राख्दै औषधि उपचार गरि आइतबार घर पठाइ मानवीय को धर्म निभाउनु भएको छ ।

लकडाउनका कारण पाच महिनादेखि शर्मा को सहारामा नेपालगञ्जमा उपचार गराइरहेका डोल्पाका दुई वृद्धा महिलालाई आज घर पठाइएको हो। उपचारका लागि फागुन १७ गते नेपालगञ्ज आएका डोल्पा ठुली भेरी– १ दुनैकी सीता कुमारी शाही र लक्ष्मी मल्ल ठकुरी अलपत्र सरहको अवस्थामा रहंँदै आएका बेला डोल्पाकी एक चेलीलको को नाता को कारण पनि उद्धार गरि उपचारसँगै सहारा दिनु भएको थियो । जिल्ला प्रशासन कार्यालय डोल्पाको पहलमा ठुली भेरी नगरपालिकाले दुई जनाको हवाई टिकटको व्यवस्था गरिदिएपछि आइतबार उनीहरु आफनो घर पुगेका हुन् । दुनैका व्यक्तिहरुबाट सहयोग जुटाएर आउनु भएका उहाँहरु राम्ररी उपचार गर्न नपाउदै लकडाउनमा पर्नुभएपछि नेपालगञ्ज वडा नम्बर २० रांँझा एअरपोर्ट नजिकै पशुपतिनगरमा चैत्र १० देखि वस्दै आउनुभएको थियो ।

भएको पैसा उपचार र खाना खर्चमा गएपछि साँझ विहानको छाक टार्न पनि धौधौ भएको दयनीय खवर सार्वजनिक भएपछि कारकाँदो निवासी बसन्ती रोकाया शर्माले जेठ २१ गते उद्धार गरेर आफनो घरमा बास दिनुभएको हो । डोल्पा माइत भएकी रोकायाले घरमा ल्याएर राख्नुका साथै भेरी अस्पतालमा भर्ना गरेर उपचार शुरु गर्नु भएको हो । दुई महिना आफनो घरमा राखेर सेवा गर्नु भएकी रोकायाले आज विहान उहाँहरुलाई एअरपोर्ट पुगाउनु भएको हो । !

Leave a Reply

Your email address will not be published. Required fields are marked *