समाचार

खजुरालाई प्लाष्टिक मुक्त बनाउने प्रयास


खजुरा गाउँपालिकाले खजुरालाई प्लाष्टिक मुक्त गाउँपालिका बनाउने अभियानको सुरुआत गरेको छ । गाउँपालिकाकाले त्यसका लागि गाउँपालिकाले महिलालाई प्रोत्साहन गर्दै झोलाको ब्याग उत्पादन गर्ने योजना बनाएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत खजुराले झोला (सपिङ्ग ब्याग) निर्माण गरी खजुरा प्लास्टिक मुक्तनगर बनाउने अभियानमा लागेको हो ।
खजुरा गाउँपालिकाले वडा नम्बर ३ मा शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरेर कपडाको झोला निर्माण कार्यको सुरुवात गरेको छ । २० लाखको लागतमा सुरु गरिएको उक्त उद्योगमा हाल १५ महिलाले रोजगारी पाएका छन् । गाउँपालिकाअध्यक्षकिस्मलकुमार कक्षपति ८ वटै वडाका महिलाकालागिलक्षित गरेर यो उद्योग सञ्चालनगर्दै लैजाने र मुनाफा नराखेर झोलाबिक्रीगर्र्ने बताए ।
‘कपडाको झोलालाई बजारमाल्याएर प्लास्टिकका झोलाको प्रयोगलाई निरुत्साही गराउने हाम्रो लक्ष्य रहेको छ,‘ अध्यक्षकक्षपतिले भने, ‘ जसको परिणाम खजुरालाई प्लास्टिक मुक्तनगर बनाउने मद्दत गर्छ ।‘
कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्यआइपि खरेलले उद्योगको उद्घाटन गरेका थिए । कार्यक्रममा खरेलले खजुरा गाउँपालिकाले सरकारको कामलाई वर्ग लक्षिततरिकाले अघि बडाउँदै लगेको बताए । उनले भने, ‘खजुरा गाउँपालिकाले सरकारले ल्याएकागतिविधिलाई सुनिचित ढंगले अघि बढाइरहेको छ । हरेक गतिविधिलाई वर्ग लक्षित तरिकाले अघि बढाइरहको छ ।‘
कार्यक्रममा प्रदेश सभासद बाबुरामगौतमले खजुरा गाउँपालिकाले सम्पुर्ण वर्गलाई समेटेर अघि बढेको बताए । कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक, वडा अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको अवसरमा खजुरा गाउँपालिकाले कार्य प्रगतिका आधारमा तयार पारेको समृद्ध खजुरा बुलेटिनको विमोचन गरेको छ । रंगशाला नेपाल मिडिया प्रालीले खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा प्रकाशन गरेको बुलेटिनमा गाउँपालिकाको हासिल गरेका उपलब्धी, सम्भावना र आगामी योजनाका बारेमा समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *