समाचार

भारतको छिमेकी-प्रथम नीति र विभिन्न देशहरूसँगको सम्बन्ध।

भारतको छिमेकी देशहरूसँग को सम्बन्ध हालसालै तनावपूर्ण रहेको छ। पाकिस्तान संगको नियन्त्रण रेखामा भारतले पाकिस्तानसँग गोलीबारी गरेको अवस्था छ। गल्वान उपत्यकामा चीनसँगको टकराव भएको घटना पनि हालसालै देखियो। भारत को नेपाल संग को सीमा विवाद पनि यथावत् नै छ । बंगलादेशसँग फरक्का ब्यारेज निर्माणको विषयलाई लिएर दुई मुलुकको बीचमा विवाद उत्पन्न भएको छ । अहिले यो विवाद पनि बढ्दो क्रममा देखिएको छ ।भारतको सबैभन्दा विश्वसनीय मुलुकको रुपमा रहेको भुटानले पनि अहिले भारतको केही क्षेत्रको पानी आपूर्तिमा रोक लगाएको छ र सुमधुर द्विपक्षीय सम्बन्धमा केही धमिलोपन देखिएको छ।

यस्ता परिस्थितिहरू भारतको छिमेकीप्रति बढ्दो आक्रामक र विदेशी रणनीतिहरूको अपरिहार्य परिणाम हो।

भारतको यस्तो आक्रामकता भारतको स्वतन्त्रतादेखि दक्षिण एसियामा प्रभुत्व जमाउने रणनीतिक लक्ष्यका कारणले मात्र होईन। यो देशको उग्र राष्ट्रवादी भावना र अवसरवादका कारण पनि हो। यो चीन-अमेरिका को गहन प्रतिस्पर्धाबाट नाफा खोज्न चाहने शक्ति को दुरुपयोग पनि हो।
भारतको छिमेकीप्रति को अन्धो रणनीतिक आक्रामकता र हेपाहा प्रवृत्तिको कारणले भारतले ठूलो मूल्य चुकाउन पर्नेछ । आफ्नो आक्रामक नीतिहरू कार्यान्वयन गर्नु अघि भारत सरकारले यी प्रश्नहरूको जवाफ दिनुपर्दछ: के कुनै आक्रामक रणनीति भारतको राष्ट्रिय विकास लक्ष्यहरू अनुरूप छ? के त्यस्तो रणनीतिहरू कार्यान्वयन गर्न भारतसँग पर्याप्त स्रोत छ? के यो जोखिमहरू को मूल्य चुकाउन भारत तयार छ?

एक आक्रामक रणनीति भारतको राष्ट्रिय विकास लक्ष्यहरु को लागी हानिकारक हुनेछ। विकासलाई प्रोत्साहित गर्न भारतलाई स्थिर र शान्तिमय वातावरण चाहिन्छ। दुर्भाग्यवस, भारतको राष्ट्रिय विकासका लक्ष्य हरू भारतको स्वतन्त्रता देखि नै द्वन्द्व र अशान्ति द्वारा प्रभावित छ। यद्यपि भारतको आक्रामकताले पनि विकास लक्ष्य का मामिलाहरूमा अत्यन्त नकरात्मक भूमिका खेलेको छ।

२०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता ग्रहण गरेदेखि उनको प्रशासनले “छिमेकी-प्रथम” नीति अपनाएको छ। तर यो नीति पनि पाकिस्तानसँगको भारतको तनावको सामना गर्न असफल भएको छ। यसको सट्टामा, भारत नियन्त्रित काश्मिरमा सुरक्षा बिग्रँदै नयाँ दिल्ली र इस्लामाबादबीचको सम्बन्ध बिग्रिएको छ। यसले साधारणतया भारतको विकासलाई बिगार्‍यको छ ।

मोदी सरकार सत्तामा आएपछि यसले भारतलाई “सन्तुलित शक्ति” बाट अन्तर्राष्ट्रिय मामिलामा “नेतृत्व शक्ति” मा परिवर्तन गर्न जोड दिएको छ। अमेरिका, युरोपीयन संघ, रसिया र जापान जस्ता ठूला शक्तिहरूसंग सहकार्य गर्दै प्रतिस्पर्धा गरिरहेका छन्। २०१७ को दोस्रो कार्यकाल देखि भारतले आर्थिक मन्दीको सामना गर्यो। कोभिड १९ महामारीले भारतको आर्थिक र सामाजिक विकासलाई पनि असर गरेको छ।

यस परिस्थितिमा केहि भारतीयहरू अझै पनि विश्वास गर्छन् कि विदेशमा शक्ति प्रदर्शन गरेर उनीहरूले घरेलु कलह र राष्ट्रिय भावनालाई जागृत गर्न सक्छन्। तर इतिहासले प्रमाणित गरिसकेको छ कि आर्थिक विकासबाट छुटिएको खोक्रो राष्ट्रवाद अन्ततः आफैलाई नोक्सानी गर्छ।

आक्रामक रणनीतिले भारतलाई भारी मूल्य तिर्नुपर्ने देखिको छ। जोखिम रोक्न सक्ने क्षमताहरु पनि एक महत्वपूर्ण कारक हो जसले एक देशको विदेश नीतिको पर्याप्तता परीक्षण गर्दछ। जब-जब चीन-भारत सीमामा तनाव बढ्दै जान्छ, त्यहाँ केही भारतीयहरू दाबी गर्छन् कि भारत १९६२ मा राष्ट्रिय शक्तिको हिसाबले अहिलेको जस्तो छैन, भारत १९६२ को भन्दा निकै शक्तिशाली छ। यस्तो विश्लेषण गर्ने भारतीय विद्वानहरूले यो बुझ्न आवश्यक छ कि के चीन अझै पनि १९६२ को देश हो? सन् १९६२ र २०२० बीचमा, चीन र भारतको बीचमा रहेको राष्ट्रिय मजबूतीको र शक्ति अन्तर पनि बढ्दै गएको छ।पक्कै पनि, भारतले आज चीन र अमेरिकाको बिचमा भएको प्रतिस्पर्धाको कारणले नाफा कमाउन सक्ने कुरामा विश्वास गरेको छ। यसले नयाँ दिल्लीलाई बेइजिङ मा दबाब दिन प्रोत्साहित गरेको देखिन्छ। १९६२ मा जस्तै नयाँ दिल्लीले फेरि परिस्थितिलाई गलत अर्थ लगाउनु हुँदैन। यदि भारत १९६२ को भारत होइन भने चीन पनि १९६२ को चीन होइन। शक्ति अन्तर भारत र चीनको बीच निकै फराकिलो छ। यस विषयमा
भारतीय पक्षले गहन अध्ययन गर्न आवश्यक छ, शान्ति र दिगो विकासलाई प्रोत्साहन दिन आवश्यक छ।
स्थिर द्विपक्षीय सम्बन्धहरू दुबै देशहरूको साझा चासो अनुरूप छन्। हामी आशा गर्दछौं कि भारतले यसको घरेलु राष्ट्रवादी भावनाहरू ठीकसँग ह्यान्डल गरेको छ, र यसको रणनीतिक साहसिक कार्यमाथि विजय हासिल गर्दछ। यदि नयाँ दिल्ली रणनीतिक आक्रामकताको मार्गमा जारी रह्यो भने यसले अन्ततः यसको दीर्घकालीन विकासलाई कमजोर पार्नेछ – र यसले आफ्नो पुरानो छिमेकी चीनसँगको स्थिर र मैत्री सम्बन्धलाई पनि हानि पुर्‍याउँछ। लेेखक – शिबराज कार्कि

Leave a Reply

Your email address will not be published. Required fields are marked *