चीन र अमेरिकाबीचको पारस्परिक विश्वास, द्विपक्षीय सद्भाव र साझेदारी विगतमा भन्दा निकै कम हुँदै गएको छ र यहि परिस्थितिमा अमेरिकाले चीनको नजिकको छिमेकी राष्ट्रमा आफ्नो सैन्य उपस्थितिलाई सुदृढ बनाएको छ, चीन र अमेरिका बीचको सैन्य टकराव को जोखिम विगतको तुलनामा बढेको छ। यदी यस प्रकारको जोखिम समयमै कम गर्न नसके यसले भविष्यमा ठूलो द्वन्द्व निम्त्याउन सक्छ।
वास्तवमा भन्नुपर्दा, चीन वा अमेरिका दुबै पक्षले सैन्य द्वन्द्व चाहँदैन। यद्यपि दुबै राष्ट्रका सेनाले खराब अवस्थाको लागि आ-आफ्नो तयारी गरिरहेका छन् ।
चीन प्रकृतिमा शान्तिप्रिय छ। द्वन्द्व, हिंसा र अराजकता फैलाउने पक्षमा चीन कहिल्यै अग्रसर भएको छैन। प्रशान्त महासागर वा हिन्द महासागर वा अझ भन्नुपर्दा आन्द्र महासागरमा चीनले अमेरिकी हितको विपरीत केही कार्य गरेको छैन। चीनको गहन ऐतिहासिक निष्कर्ष छ कि झगडालु राज्य अन्ततः नाश हुन्छ। चीन एक शान्तिप्रेमी देश हो।
यद्यपि चीन र अमेरिका बीचको चीसो सम्बन्धले भविष्यमा कस्तो रूप लिन्छ यकिनका साथ भन्न गाह्रो भए पनि, हामी विश्वस्त छौँ कि चीनको स्पष्ट नीति, शान्तिप्रेमी र समृद्ध एसिया लक्ष्य ले एशियालि क्षत्रमा शान्ति स्थापना गर्दछ। हामी आशावादी छौ कि चीन-अमेरिका को चीसो सम्बन्ध कम हुँदै सामान्य अवस्थामा आउनेछ र सम्भावित दुर्घटनाहरूको राम्रोसँग व्यवस्थापन हुनेछ। लेखक – शिबराज कार्की