
खजुरा, बाँके ,३,साउन – बाँकेको खजुरा गाउँ पालिका ८ का वाड अध्यक्ष फिरोज खान बिकास का लागि २४ घन्टा खटियका छन । खान नेपाली काङ्ग्रेस बाट निर्वाचित वडा अध्यक्ष हुन ।
खान खजुराका अनुभवी युवा अध्यक्ष तथा गाउँपालिका को सिङ्गो समुह का कान्छा अध्यक्ष हुन ।
खजुरा ८ रनियापुर आफैमा एउटा देहातीबस्ती हो जहाँ हिन्दु,मुस्लिम र इसाई धर्मका सामुदायको बसोबास रहेको छ भने मुस्लिमको बाहुल्यता भएको क्षेत्र पनि हो।
रनियापुर कृषि उत्पादनमा पनि रनियापुरको बेग्लै पहिचान छ। हाल च्यामा सैनिक सडकखण्ड कालोपत्र सडक यहाँको पहिलो कालोपत्र हो जुन चमकदारपुर मनकामना चोक हुदै खजुरा बजार प्रबेश गर्ने मुख्य सडक हो।
खजुरा ८ का अन्य सदस्यहरुको पनि योगदान छ बजेट देखि बिकाश सम्म समसुल्ला पठानि वडा सदस्य
मुडवा साई वडा सदस्य
मोहन थारु वडा सदस्य
प्रेमपती हरिजन वडा सदस्य सबैको योगदानले गर्दा बिकाश सम्भावना भएको अध्यक्ष खानले बताएका छन् ।
स्थानीय सरकारले खजुरा ८ मा यसरि बिकास गर्दै छ :-
शिवालय मन्दिर देखी मस्जिद सम्म जोड्ने सडक कालोपत्र योजना रु १९ लाख को हो।
सुनौलो टोलदेखी क्रान्तिपुर जोड्ने बाटो कालोपत्र योजना रु करोड को निर्माण हुदै छ रनियापुर गाउँ ठुलो मस्जिद देखी धहावा जाने सडक रु ५० लाखको कालोपत्र योजना कार्य निर्माण भैरहेको ।खानचोक देखी चमकदारपुर हुँदै गुलरिया नेपालगन्ज सडक जोड्ने बाटो कालोपत्र निर्माण हुँदै।ठाकुर मन्दिर देखि बुधनापुर सम्म ग्राबेल सडक सम्पन्न ५ लाखको योजना ।
छकडिपुर माटाे पटान ग्राबेल ५ लाखको योजना सम्पन्न ।
धहावा मचक्ला जोड्ने बाटो ४ लाखको योजना सम्पन्न सडक स्तरोन्नति ।कसाई टोल चमकदारपुर ५ लाखको पक्की नाली निर्माण सम्पन्न वडा कर्यालयको घेराबार ५ लाखको उपभोक्ता समिती मार्फत ।यतिमात्र नभएर नमूना वडा निर्माण गरिने अध्यक्ष फिरोज खानले बताएका छन् ।\