
लकडाउन भन्नू नै निश्चित स्थानमा अन्यत्र नगइ बस्नु भन्ने बुझिन्छ ।बिश्व नै कोभिड १९ बाट ग्रसित छ ।सारा का सारा देश यो रोग को चपेटामा थिलिएको छ ।हामी नेपाली हरु हिमाल ,पहाड, मधेस ,सबै भुभागमा यत्र तत्र जान वा हिड्न राज्य ले रोकेको छ ।एक जिल्ला बाट अर्को जिल्ला वा एक प्रदेशबाट अर्को प्रदेस चैत्र 11 बाट हिड डुल गर्न सरकार ले बन्देज गर्यो ।लक डाउन!लक्डाउन!लक डाउन!!अचम्मै भयो,जिबनमा नसोचेको भयो।यस्तो कसैले सोचेको थिएन होला !बेग्लै भयो । रोग पनि सर्र सर्र नाक मुख आँखा,स्वास प्रस्वास,रय्याल,खकारबाट अर्को मा सर्ने रे ! नेपाल को छिमेकी देस चीन हुँदै इट्लि ,अमेरिका फड्किदै आज सन्सार का मुलुक लाई छोपी सक्यो कोरोनाले।बिस्वो युद्ध बाट सन्सारका मानबलाइ पनि येस्तो त्राश भएन होला ।तर यस्ले के बालक,के बुढा पाका ,के युबा सबै लाई अत्त्यायो।धेरैलाई चपाइ सकेको छ ।अझ कतिलाई लग्ने हो ठेगान छैन । सबै देशलाई चाहे विकसित होउन वा अबिकसित कुनै लाई बाकी राखेन । व्यापार,उद्योग ,कलकारखाना ,शिक्षण संस्था ,पर्यटन ब्यबसाय ,होटेल ,सबैलाई सकस पारेको छ । उद्यम बिना घर भित्रै बसिरह्नु पर्दा ,खाद्यान्नको जोगो मानिसले कसरी गर्ने ?अर्को तिर बालबालिका लाई अत्यास बनाए को छ ।मानसिक ,सारिरिक ,आर्थिक ,सामाजिक ,मनोबैज्ञानिक ,सँकटहरु पनि यसले थोपरेको छ । अकल्पनिय पारिबारिक कलहहरु थोपरिएका छन् । छोराछोरी,पति/पत्नि बीचमा पनि कतिमा दरार उत्पन्न बनेको छ ।याबत समस्या हरु मुलतः आर्थआर्थिक पक्षसँग नै जोडीएर सृजना भएको छ ।आत्महत्या ,बलात्कार ,पारिबारिक हिसाहरु,अस्वस्थता आदि समस्या ले डेरा जमाएको लक डाउन मा महशुस हुन्छ ।। तेसै गरि बिद्यालय,कलेज का परिक्षा अनि पठन पाठन स्थगन भएका छन ।बालबालिका को भबिस्य अन्नयोल भयो भनेर अभिभावक हरु पिरोलिएका छन् ।कहिले सम्म यसरी अनिर्णयको बन्दी हुन पर्ने हो अनिश्चित छ ।
देश का उँचो तहमा रहे का ब्याक्तित्वहरुबाट पनि बिद्यालय ,कलेज वा भनौं शिक्षा छेत्रमा देखिएका ताजा समस्या को गाठाे फुकाउन सकस देखिएको छ ।अतिरिक्त यातायात ,पर्यटन ,ब्यापार ,होटेल सबै मा समस्या ले पिरोलेको छ । भाडा मा बस्ने को समस्या ,भाडा का बिधालय हरु,होटेल आदिका समस्याहरू ,के गर्ने ,के खाने ,बाच्न पेशा के अपनाउने ,राज्य लाई कर कसरी तिर्ने ?गाडीको किस्ता ब्यबसाय ,घर खर्च आदि चलाउन लिए को बैंक को किस्ता कसरी चुक्ता गर्ने?आदि समस्याका चाङ प्रायः सबै जन मानसमा पाइन्छ । हो याबत समस्या हरु देखा परेका छन ।जे नहुन पर्ने थियो भयो,अब कसरी समस्याको समाधान खोज्ने त यश बारेमा सोच्नु जरुरी छ ।हाल यो समय बर्साको समय पनि भएको कारण बाढि ,पहिरो, डुबान ,आदि बाट समस्या अझ थोपरिने सम्भावना छ ।खाद्यान्न संकट ,कृति म अभाव राजस्व चुवावट,भ्रस्टाचार ,सिमा विवाद ,नाकाबन्दी एक पछी ,अर्को समस्या का श्रृङ्खला नआउला भन्न सकिन्न । चोरी ,हत्या ,बलात्कार ,हिम्सा,मानसिक अस्वस्थता ,कुनठा ,तनाव ,डिप्रेसन,हरेक देखा पर्न सक्छन् । समयम भै बुझेकाले बुझाउन अनि सम्झाउन पर्छ ।हरेक पार्टी प्रतिनिधि ,नागरिक समाज,बुद्धिजीवी बर्ग हरु,जनप्रतिनिधिहरु,शिक्षक हरु, एक्यवद्धता भइ समस्या को निदान मा जुट्नु पर्ने अपरिहार्यता छ । अर्को तर्फ सरकार मा बसेका हरुले एक अर्काम राज्नैतिक आक्षेप लगाउने ,काम भन्दा कुरा बढी गर्ने ,सत्ता टीकाइ राख्ने क्रियाकलाप गरिरहने ,छिमेकी देस सग मिल्नुको साटाे बच्चा को जस्तो गतिविधि गर्नु,विभिन्न मन्त्रीले अनि प्रधानमन्त्री ले ओजिलो कार्य नगरी अनुभव हिन ब्यक्ति को जस्तो अपरिपक्व कार्य गरि जनता को पीडा र समस्या तर्फ जति ध्यान राज्यले दिनु पर्दथ्यो त्यति नभएको जनता बाट महसुस भएको छ ।अब सिखर नेताहरू राज्यको समस्या प्रती अत्त्यन्त गम्भीर बन्नुपर्छ कि !!! लेखक – बिमल पराजुली