समाचार

सीमा विवाद हो कि वाहय हस्तक्षेप

विगत केही दिनदेखि भारत-चीन सीमा झडप, द्वन्द्व र हिंसा को केही घटनाहरू ले डरलाग्दो रूप लियो। यधपि अहिलेको समयमा दुवै राष्ट्र समान हित को लागि दुईपक्षीय वार्ता मार्फत शान्ति स्थापनाका निम्ति जुटेका छन्। यस बिचमा सीमा टकराव को साथै भारतले केही चीनीयाँ अनुकरण, चीनीयाँ उत्पादन र चीनीयाँ मोबाइल एप्स मा प्रतिबन्ध लगायो। यसो गर्दा शक्ति राष्ट्र हुने लक्ष्य लिएको भारतलाई आर्थिक लाभ प्राप्त होला?

एक रिपोर्टको अनुसार जनवरी २०२० मा भारतमा बेरोजगारी दर २०१६ मा भन्दा दोब्बर ले बढेको छ र यसले भारतको दीर्घकालीन विकास र समृद्धि को लागि राम्रो गर्न सक्दैन। यस परिप्रेक्ष्यमा, भारतमा चिनियाँ कम्पनीहरू, परीयोजना र केही चिनियाँ अनुप्रयोगहरूले प्रभावकारी ढङ्गले रोजगार सिर्जना गरेर समस्या समाधान गर्न सहयोग पुर्‍याउन सक्छन्। चीनीयाँ उत्पादन र द्विपक्षीय व्यापार ले भारतमा रोजगारी सिर्जना भएको र बेरोजगार दर केही हद सम्म कम भएको थियो। चीनीयाँ उत्पादन भारतको आर्थिक चासो र भविष्यको विकासको अनुरूप छ।

तर अमेरिकी जनताले भारतीय जनताको बीचमा आगो सल्काउँदा यी यथार्थपरक सकारात्मक पक्षलाई ध्यान नराखी भारतीयहरूलाई उकासेर चीन विरोधी गतिविधि सल्काउन केही मात्रामा सफल भएका छन् । एसियाली क्षेत्रमा द्वन्द्व भडकाउदै चीन र भारत एक आपसमा लडदा यसको पूर्ण फाइदा अमेरिका लाई हुने हुदा वाशिंगटनले भारतमा उग्र राष्ट्रवादी शक्तिलाई चीन विरोधी भावना सल्काउन सफल भएको छ।

चीन-अमेरिका सम्बन्ध अभूतपूर्व चुनौतिहरूको सामना गरिरहेको छ, तर वर्तमान अमेरिकी सरकारले सुधारको लागि कुनै संकेत देखाउँदैन, सुधार भन्दा सम्बन्ध बिगार्न अग्रसर देखिन्छ, चीनलाई घेरा गर्न र चीनको छिमेकी देश संगको सम्बन्ध बिगार्न धेरै कोसिस गरेको देखिन्छ। परिणाम स्वरूप गल्वान हिंसा, भारत-चीन सिमा टकराव, दक्षिण चीन सागरमा सैन्य टकराव, आदी इत्यादि घटना भएको हो। चीनलाई विकासको गतिमा बाधा पुर्‍याउन सक्ने अवस्थामा भारतले कस्तो नतिजा भोग्नुपर्नेछ भन्ने कुरालाई विचार नगरी अमेरिकाले भारतको पूर्ण उपयोग गरेको छ।

यद्यपि, मोदी सरकार पनि सचेत छ कि चीनसँग को सम्बन्ध तनावपूर्ण नभई चीन-भारत सम्बन्ध शान्तिपूर्ण र स्थिर गराउनु भारतको लागि बढी फाइदाजनक छ। चीनको उत्पादन लाई बहिष्कार र प्रतिबन्ध गर्दा वा चीनसँग आर्थिक सम्बन्ध बिच्छेद गर्ने कोशिस गर्दा सायद भारतलाई नै सबैभन्दा ठूलो नोक्सानी हुनेछ। तर वासिङ्टनले यी वास्तविकताहरुबाट अनजान भएको बहाना गरिरहेको छ र भारतलाई विशाल खाडलमा धकेल्दैछ। विश्वास गरौ कि भारत यस मामिलामा अमेरिकी प्रभावमा नपरी चीन-भारत सम्बन्धमा दखल नपर्ने गरी समस्याको समाधान गर्नेछ। लेखक – शिव राज कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *