समाचार स्वास्थ्य

मंग्लवार थप १ सय १६ जनामा संक्रमण पुष्टि

३१ असार, नेपालगन्ज । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार १ सय ७१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय १६ जनामा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या १७ हजार १सय ७७ पुगेको हो।

पछिल्लो २४ घण्टामा ५ हजार ८० नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। अहिले क्वारेन्टाइन २४ हजार ५ सय २७ जना छन्। आइसोलेसन ६ हजार १ सय १३ जनाको उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा ६ सय ९७ जनाले कोरोना जितेका छन् । मन्त्रालयका अनुसार ११ हजार २५ जनाले अहिलेसम्म कोरोना जितेका छन् । यो संख्या कुल संक्रमितमध्ये ६४ प्रतिशत बढी भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। कोरोनाकै कारण ३८ जनाले ज्यान गुमाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *