समाचार स्वास्थ्य

बाँकेमा थप ७ जना कोरोना संक्रमित डिष्चार्ज हुँदै

३१ असार, बाँके । बाँकेमा थप ७ जना कोरोना संक्रमित डिष्चार्ज हुँने भएका छन ।

आजको ७ जना संगै कोरोना निको भएर घर फर्कनेको संख्या ३ सय ६१ पुग्नेछ भने अब १२ जना मात्र आइसोलेसनमा रहनेछन् ।

आज डिष्चार्ज हुँनेमा आइसोलेसन केन्द्र आदर्शनगर नेपालगन्जबाट खजुरा गाउँपालिकाका ३ जना महिला, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा आइसोलेसनबाट खजुरा गाउँपालिकाकै १ जना पुरुष र आइसोलेसन केन्द्र पिपिरीबाट कोहलपुर नगरपालिकाका १ जना महिला र २ जना पुरुष निको भएर डिष्चार्ज हुन लागेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको हो ।

जिल्लामा ३ सय ७५ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको भने मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *