समाचार स्वास्थ्य

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार नाघ्यो

३० असार, नेपालगन्ज । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या १७ हजार ६१ पुगेको हो ।

पछिल्लो २४ घण्टामा चार हजार तीन सय ६१ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिले क्वारेन्टाइन २४ हजार सात सय १६ जना छन् । आइसोलेसन ६ हजार ६ सय ९५ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा ३४ जनाले कोरोना जितेका छन् । मन्त्रालयका अनुसार १० हजार तीन सय २८ जनाले अहिले सम्म कोरोना जितेका छन् । यो संख्या कुल संक्रमित मध्ये ६० प्रतिशत बढी भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *