समाचार

कोरोना भाइरस को उद्गम स्थल चीन नहुन सक्छ

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक टोजेफर्सनको अनुसार कोरोना भाइरसको उद्गम स्थल चीन नहुन सक्छ। उनको अनुसार कोरोना भाइरस को उद्गम एसिया माहादेश नभई यूरोपेली महादेश भएको थुप्रै प्रमाणबाट पुष्टि हुने बताउनुभएको छ। अक्सफोर्ड विश्वविद्यालयको अध्ययनको परिणामस्वरुप, कोरोना भाइरस विश्वका विभिन्न ठाउँमा “लुकेको” र त्यसलाई विशेष वातावरणमा सक्रिय पारिएको हुनसक्छ। त्यसको उत्पतिस्थल चीन नहुनसक्छ।कोरोना भाइरसको ट्रेसहरू स्पेन, इटाली र ब्राजिलबाट ढल निकास नमूनाहरूमा फेला परेको छ जुन चीनमा उद्गम पूर्व-मिति हो। २०१९ को मार्च महिना देखि नै बार्सिलोना सीवेज नमूनामा SARS-CoV-2 जीनोमहरूको उपस्थित भएको दाबी गर्‍यो।

स्पेनका भाइरस विशेषज्ञ समुहले सन् २०१९ को मार्चमा संकलन गरिएको फोहोर पानीमा कोरोना भाइरस फेला पारेको प्रमाणित गरिसकेको छ। स्मरण रहोस् यस भाईरस चीनमा २०१९ को डिसेम्बरको महिना मा देखिएको थियो। त्यसरी नै इटालीको राष्ट्रिय उच्च स्वास्थ्य अनुसन्धानालयले त्यसको वेभसाइटमा इटालीको उत्तरी भागमा अवस्थित शहर मिलान र ट्युरिनको सन् २०१९ को डिसेम्बरको फोहोर पानीको नमूनामा कोरोना भाइरस फेला पारेको सार्वजनिक गरेको छ। ब्राजिलले सन् २०१९ को नोभेम्बरमा ढलको पानीको नमूनामा पनि कोरोना भाइरस फेला पारेको छ।

प्राध्यापक जेफर्सनको अध्ययन अनुसार ढल र फोहोर पानीमा कोरोना भाइरस संक्रमण हुने सम्भावना रहेको औंल्याउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *