समाचार समृद्धि सामाजिक

कृष्णनगर नगरपालिका द्वारा नगरका सहकारी र कृष्क समुहलाई पम्पसेट वितरण

अजय मिश्र
३० असार, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नगरका १७ वटा सहकारी र कृष्क समुहलाई पम्पसेट वितरण गरेको छ।

नगरपालिकाको आर्थिक बर्ष ०७६-०७७ को साना सिचाई अन्तर्गत को बजेट बाट २०७६ पुष १२ गते सूचना जारी भई उपभोक्ता समूह मार्फत खरिद गरिएको छ।

८५ प्रतिशत नगरपालिका को अनुदान र १५ प्रतिशत कृषक समूह र सहकारीको लगानीमा पम्पसेट १ ओटा, ३८ किलो डिलीवरी पाइप, २५ फुट सेक्सन पाइप वितरण गरिएको जानकारी कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र राम चौधरी ले जानकारी दिए ।

एउटा पम्पसेट बाट करिब २.५ हेक्टर क्षेत्रफल सिंचित हुने कुरा कृष्णनगर नगरपालिका कृषि शाखा अधिकृत सुदिप प्रताप मौर्य ले जानकारी दिए ।

पालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर किसानहरुको सजिलोका लागि , पम्पसेट वितरण गरिएको र आगामी दिनमा पनि अन्य युवालाई कृषि पेशा अगाल्न उत्प्रेरणा दिनु पर्ने नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह ले बताउनु भयो ।

विभिन्न समयमा धानको बिऊ, तरकारी को बिऊ, स्प्रे ट्यङकी, फलफूल विरूवा र किटनाषक विषादी वितरण गरिएको नगरपालिका को कृषि शाखा ले जनाएको छ । उक्त वितरण कार्यक्रम मा नगर उप प्रमुख शब्नम खातुन, प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाॅगी लगायत वडा अध्यक्ष हरुको उपस्थित रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *