समाचार

हङकङ को राष्ट्रिय सुरक्षा नीति

हङकङ मा करिब १०० वटा माछा मार्ने डुङ्गा गत बुधवार भिक्टोरिया हार्बरमा मातृभूमि चीनमा फर्किएको २३ औं वार्षिकोत्सव र राष्ट्रिय सुरक्षा कानूनको कार्यान्वयनको पहिलो दिन मनाउन यात्रा गरे।

हङकङ पुलिस ले गत एक हप्ता मा मात्रै करिव ३७० अवैध प्रदर्शनकारीहरुलाई पक्राउ गरेको थियो जसमध्ये १० जना ले राष्ट्रिय सुरक्षा कानूनको उल्लंघन गरेका थिए । ती मध्ये धेरैले “हङकङ स्वतन्त्रता” नाराका आवाज उठाएकोले पक्राउ परेका थिए।

हङकङ का केही सांसदहरू, अधिकारीहरू, विधायिका र कानुनी विज्ञहरूले हङकङ पुलिस बल ले “राम्रो शुरुआत” अपनाएको इङगित गरेका थिए किनभने पुलिस अधिकारीहरूले गत महिना जुनदेखि शहरलाई भताभुंग पार्ने दंगा र अराजकताहरूको अन्त्य गर्न निर्णायक भूमिका खेलेका थिए । अहिलेको राष्ट्रिय सुरक्षा कानून बमोजिम कानून प्रवर्तन संयन्त्रले पुलिस बललाई अझ सुदृढ तुल्याएको महसुस गरेका छन्।

नयाँ कानूनले विशेष गरी राष्ट्रिय सुरक्षालाई जोखिममा पार्ने चार प्रकारका गतिविधिहरूलाई लक्षित गरेको छ – राज्यविपलव को कार्य , राज्यशक्तिलाई विद्रोह गर्ने काम, आतंकवादी गतिविधिहरू र राष्ट्रिय सुरक्षालाई खतरामा पार्न विदेशी वा बाह्य सेनाको हस्तक्षेप।

यद्यपि चीन माथि गम्भीर आरोप प्रत्यारोप को खेल खेलिरहेको र आन्तरिक मामिलामा हस्तक्षेप गर्दै अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएको घाेषणा गरेका छन् । हङकङको स्वतन्त्रतालाई सङ्कुचित पार्ने योजनामा सहभागी भएका चिनियाँ अधिकारीहरुलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगायका छन्। साथै हङकङमा पृथकतावादि शक्ति लाई उचालेर प्रजातन्त्र को खोल ओढाई आन्दोलन गर्न लगाएका छन् जसले गर्दा हङकङ मा अशान्ति फैलिने शंका गरिएको छ। लेखक – शिबराज कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *