समाचार स्वास्थ्य

शनिबार थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२७ असार, नेपालगन्ज । नेपालमा शनिबार थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो संगै संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ४८ जनाको पीसीआर नमुना परीक्षण भएको छ। आइसोलेसन ८ हजार दुई सय ३९ जनाको उपचार भइराखेको छ भने ४ सय ३१ जनाले कोरोना जितेका छन् । कोरोना जित्नेको कुल संख्या ८ हजार ४ सय ४२ रहेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार कोरोना जित्नेको संख्या ५० प्रतिशत बढी पुगेको छ । धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमण शून्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *