२५ असार, बाँके। बाँकेमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ ।
बिहिवार भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परिक्षणमा राप्तीसोनारी गाउँपालिका वडा २ का २७ बर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा ६ का ३१ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या ३ सय ७२ पुगेको छ ।