समाचार स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखियो

२५ असार, नेपालगन्ज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहिबार थपिएका १ सय ८ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १ सय ३९ जना उपचार पछि निको भएर डिस्चार्ज भएका छन्। यो संगै डिस्चार्ज हुनेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ। कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *