समाचार

जिबन त यथार्थमा रङगमञ्च रहेछ ।

आए, गए,अझ थपिदै छन् ! अनुभव गर्दै छन ।रोदन को साथ मुस्कान पनि । जीवन नाटक हो।कहिले कोहि हुन्छ नायक अनि कहिले खलनायक ।आआफ्नो रोल खेल्ने अनि जाने।मस्त सग खेल्छन् ,मस्तसग हास्छ्न,अनि रुन्छन पनि।यो भएन त्यो भएन के के भन्छन् के के गर्छन् ।सबैलाई स्वतन्त्रता छ ,यसको खुला उपभोगमा रम्दै चल्छन् ,छोटो समय जिउछन कोहि लामो समय पनि ।आआफ्नै स्वतन्त्रता उपभोग को चटारो छ ।यहाँ प्राकृतिक संविधान, कृतिम संविधान,सामाजिक संविधान,प्रकृतिले बनाएको नियम,मानव मानव बीच तय भएका भूगोलको कित्ता मा बनाइए का नियम हरु।यस्तै यस्तै रिति,रिवाज,चालचलन आदिमा मानव हरु अल्झदै बाच्छन।अनि नाट्क मन्चन गर्छन ।खुसी साथ बाच्छु भन्दै धेरै खुशी सङाल्ने अनि दाबी गर्ने हरु चाडै खोक्रीन्छन।दुखै दुख भयो भनेर खुशी को सपना सजाइ चाडै बढने हरु घाम र बर्षा का छ्नक हरु प्रत्याभूत गर्छन।अनि बस चम्कन्छन ,मलिन पनि । नेताहरू को चलखेल मा कार्यकर्ता हरुकतै सफल अनि असफल पनि।कुर्दा कुर्दा लक्ष्य असफलता मा कोहि भत्कन्छन। पस्चाताप बाहेक के नै प्राप्त हुन्छ र बिचराहरुको जिबनमा ।नेता सबैलाई उस्तै झुठको आश्वासन बाढछन ,यसो नगरे नेताले कतिलाई चित बुझाउन सकछ र। बाध्यता मा नेतन जि पनि पछन,झुट बोल्न अनि झुठमा आफ्नो सत्ता टिकाइ राखन । सबैको आफ्नो सोच छ ,जिउने जीवन शैली छ ।आफ्नोे चल्मलाइ अनि सल्बलाइ सब मा आफ्नो अनुरुप प्रवृत्ति अनि कौसलता अनि आफ्नोे जीवन को सार्थकतामा बुझ्ने बौद्धिक तह । कसैले पैसा,पैसा ,पैसा यो नै जिबनको साध्य ! जो सग प्रयाप्त सम्पत्ति छ ।उ सुखी अनि सम्पन्नता ,प्राप्ति को लागि धन,उ दौडनछ जीवन पथमा ,पैसा को लागि जे पनि गर्न परोस् ।चोरी गर्न,अर्कालाई लुट्न,अर्काको अस्मिता बर्बाद गर्न,भ्रष्टाचार गर्न,ठगि गर्न,अरुलाइ बसमा पार्न चार जाल,चार प्रपन्च बुन्छ मान्छे ।कोहि जिबन लाई बुझ्न पढ्नु पर्छ।हैन ,बेसरी पढ्नु पर्छ ।पढाई को गहिराई र सार्थकता बेग्लै हुन्छ।नेपालका कैयौं बिद्वान साहित्यकारहरु ज्ञानमा लिन छन् ।देश लाई प्रयाप्त दिदै आफुमा सन्तोष अनि खुशी भरेका छन् । यो पनि एक पाटो हो ।जीवन बुझाइको अर्को तर्फ भ्रष्टाचार गर्ने हरुको पनि आफनै जिबन को बुझाइ छ ।ब्यक्तिगत तुस्तिको लागि देश का अङ्ग प्रत्यङ मा घुस्दै परिवार ,समाज अनि देशलाई कमजोर बनाइ अन्ततोगत्वा अफ्नै जीवन अनुहार लाई कुरुप बनाउछ ,नमेटिने धब्बा लगाइ । कति दम्भ छ ,मानव मा ।कति डाहा छ मानबमा ,घृणा,प्रतिशोध प्रचुर छन मानबमा ।परि आए ,तुस्तिको लागि अर्को लाई नामेट पार्न किन नपरोस् । मानव छोडदैन । कोहि सोच्दछ इज्जत ,प्रतिस्ठा ,मान,सम्मान ,सत्ब्यबहार ,अरुको भलो अनि फलिफाप ।कोहि बाहिरी आबरण देखाउने वा ढाेगि बनने ।खुबै जानिफकारको रबाफ ,न इज्जत को डर समाजमा ,तुरुन्त धेरै बर्सको उपलब्धी क्षणिक समयमा सखाप पारेर आफै जलेको पनि दुनियाँमा पाइन्छ।आआफ्नै जिबन्सैली अनि नाटक हरु देख्न सकिन्छ ।न आफुलाइ हित ,न परिवार लाई अनि समाजलाई ।प्लस माइनस गुन्दा माइनस भएन र।अझ जितकै दाबी ।इमान्दारी ले गर्छ के? एकको नजरमा अर्को ठिक बन्न अफ्ट्यारो हुन्छ ।बिस्लेषण फरक पर्छ ।मानव पैसा को पछि कुदि पैसा ठुलो लक्ष्य बन्छ । अनैतिक काम गरेर कमाओस कि नैतिक कर्म ठुलो पैसा वा अर्थ ।आजको पूंजीवादी समाजमा झनै पैसाको भुमिका ठुलो रह्यो ।हेर्नुहोस समाजलाई समाजमा पैसा ले बाहुल्यता जमाएको ।धनलाइ साध्री सोच्ने हरु असान्ती ,अनैतिक,पाखन्दी ,भ्रष्टाचारी ,ब्यभिचारी ,बलत्कारी ,ऋणग्रस्तता मानसपटल ग्रस्तता ,सान्तिबाट पृथक हुँदा आफू देखि आफै परास्त हुँदै गएको छ । हो यो सन्सार नाटक हो। बुझक्कड हरु अबुझ मानिन्छन् अनि अबुझ हरु बुझक्कड देखाइदो रहेछ ।अनि देखिदो रहेछ नाटक यहाँ । घोत्लिदै जादा जीवन त रङ्गमन्च रहेछ ।!!! लेखक – बिमल पराजुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *