समाचार समृद्धि

सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढयो

२४ असार, नेपालगन्ज । बुधबार  सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ ९ डलरले बढेर १७ सय ९५ डलर पुगेको छ । गत असार १७ गते सुनको भाउले नयाँ रेकड कायम गर्दै अहिलेसम्मकै धेरै तोलाको ९१ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

मंगलबार सुन प्रतितोला  ९० हजार ९ सयमा कायम भएको थियो । चाँदी  मंगलबार तोलामा ५ रुपैयाँ बढेर ९ सय ५५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *