समाचार स्वास्थ्य

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार नाघ्यो, आज मात्र २०४ जना थपिए

२३ असर, नेपालगन्ज । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या १६ हजार एक सय ६८ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र २ सय ४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । सोमबार १ सय ८० जनाको रिपोर्ट पोजिटिभ आएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिले सम्म २ लाख ६१ हजार आठ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *