समाचार

हङकङ राष्ट्रिय सुरक्षा नीति

लेखक – शिबराज कार्की
जुलाई १ १९९७ मा चिनियाँ, बेलायत र अन्य अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको उपस्थित मा एक विशेष समारोहबीच शान्तिपूर्ण रुपमा हङकङ लाई चीनको जिम्मा लगाईयो। त्यसपश्चात हङकङमा ‘एक देश दुई प्रणाली’ को अवधारणा ल्याइएको थियो।

हालै चीनले ‘हङकङ राष्ट्रिय सुरक्षा कानून’ सार्वजनिक गर्यो। चीनको राष्ट्रिय सार्वभौमसत्ता र स्वायत्त प्रदेश को संरक्षण गर्न, साथै हङकङको सुरक्षा र नागरिक को हकहित को निम्ति हङकङ राष्ट्रिय सुरक्षा कानून को महसुस गरियो र हालै सार्वजनिक पनि गरियो। हङकङ राष्ट्रिय सुरक्षा कानूनको सार्वजनिक र अवलम्बन गरिएसँगै हङकङमा लामो समयदेखि राष्ट्रिय सुरक्षाको संरक्षण गर्ने रक्षक नभएको अवस्थाको अन्त्य भएको छ। पहिला हङकङमा राष्ट्रिय सुरक्षाको संरक्षण गर्ने कानूनको अभावले गर्दा गम्भीर रुपमा राष्ट्रिय सुरक्षामाथि हानि पुर्याइएको गतिविधिको सामना गर्न हङकङ कमजोर थियो। गत वर्ष हङकङमा भएको हिंसात्मक गतिविधिबाट हङकङको कानूनी शासन र सुरक्षाको अन्तर्राष्ट्रिय शान र इज्जतमाथि गम्भीर रुपमा क्षति पुर्याइएको थियो। तसर्थ राष्ट्रिय सुरक्षा र कडा कानुन को निर्माण गर्ने हेतुले हङकङ राष्ट्रिय सुरक्षा कानून को अवधारणा आयको हो।

तर पश्चिमा शक्ति चीनको यो अवधारणा को धेरै विरोध गरेको देखिन्छ। चीनको आन्तरिक मामिलामा अमेरिका को बढ्दो हस्तक्षेप ले एशिया क्षेत्रको विकासमा अवरोध सिर्जना गरेको छ। हामी एशियालि क्षेत्रको विकास चाहन्छौ र शान्ति र समृद्धि को आकांछा गर्दछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *