समाचार स्वास्थ्य

सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आए संगै संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

२२ असार, नेपालगन्ज । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ। सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आए संगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको हो।आइतबार मात्रै २९२ जनामा कोरोना संक्रमण देखिएको थियो।

मन्त्रालयका अनुसार अहिले सम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २६४ थप कोरोना जितेर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार निको हुनेको संख्या ६ हजार ८११ जना पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *