समाचार स्वास्थ्य

बाँकेमा थप एक जना कोरोना संक्रमित निको भई डिष्चार्ज

२१ असार, नेपालगन्ज । बाँकेमा आज थप एक जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । खजुराको कृषि तालिम केन्द्र आइसोलेसन सेन्टरबाट जानकी गाउँपालिका वडा नम्बर ३ का ६० बर्षीय पुरुष निको भई डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । यो संगै बाँकेमा कोरोना निको भई डिष्चार्ज हुनेको संख्या ३ सय ३९ पुगेको छ । बाँकेमा हालसम्म ३ सय ६८ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको भने मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *