२१ असार, नेपालगन्ज। नेपालमा आइतबार थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा ४ हजार ७१० जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।