समाचार स्वास्थ्य

थप २ सय ३२ जनाको रिपोर्ट पोजिटिभ आए संगै संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुग्यो

२० असार, बाँके । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ। बिहीबार मात्र २ सय ३२ जनाको रिपोर्ट पोजिटिभ आए संगै संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार चार सय १५ पुगेको छ। पछिल्लो २४ घण्टामा २७२ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले सम्म क्वारेन्टाइनमा ३३ हजार एक सय २५ रहेका छन् भने लेसनमा ९ हजार ४२ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २३ प्रयोगशाला चार हजार ५० नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *