विचार शिक्षा समाचार समृद्धि सामाजिक स्वास्थ्य

भ्रष्टाचारको विरुद्धमा आबज उठनु पर्छ

लेखक : बिमल पराजुली

प्रकृतिमा मानव उद बिकास को क्रम सङै यि उल्लेखित राजनीति ,भ्रष्टाचार र बिकासको प्रार्दुभाब हुन्छ ।मानव स्वोभाबैले सासक हुन्छ ।सबै लाई उच्छिन्ने सत्ता ग्रहण गरि अन्य माथी शासन गर्न खोज्छ ।बिगत देखि नै पृथ्वी का हरेक भुभाग हरुमा झुन्ड झुन्ड अबस्थामा रहेर कुनै न कुनै रुपमा शासन मानव जाति ले गरेकै छ।शासन जमाउन शक्ति को आबस्यकता पर्छ ।

मजबुती आफुमा आकर्षण ,आर्थिक सबलिकरण अध्ययन उपादेयता, अतिरिक्त ,अन्य सग सहकार्य कौसल्यता भन्ने बुझ्न पर्छ ।सक्तिलाइ उपयोग गरि उदेश्य अनुरुप डाेहाेराउने खुबिलाइ वा सक्कसक्षमता लाई राजनिती पनि भनिन्छ ।। हाल बिस्व विभिन्न नीति नियम,प्रक्रिया बाट चलायमान भइरहेकै छ ।यस् गतिशीलता मा ,सकारात्मक पहलकदमिबाट लाभ मिलेकाे छ भने नकारात्मक पहलता बाट हानि भइ रहेछ ।बिश्वमा ब्याक्ती ,परिवार ,समाज,रास्ट् अनेक आर्थिक ,सामाजिक ,राजनीतिक कार्यमा सक्रिय भइ रहेछन् । येस बीच मा राम्रो कार्य गरि समाज अनि रास्ट्र लाई उदाहरिणय काय गरि गतिशीलता दिनेहरू इज्जत ,मान ,सम्मान अनुसार जिएका छन् भने यस् को बिपरित तुरुन्तै लाभ लिइ अरुलाइ चाडाे उछिन्छु ,भनेर कुंद्नेहरु असफल भै रहेछन् र आफू पनि अप्ठ्यारो मा पर्ने र समाज लाई अनि देस लाई पनि धरापमा पार्न उद्धत छन् ।।।यस् लाई ब्यक्तिगत , संस्थागत ,राजनीति रुपमा,तुलना गर्न सकिन्छ ।ब्यक्ति आफू समाजलाई राम्ररी पथप्रदर्शन गर्छ ।समाजसँग भाबनात्मक एबम व्यवहारिकता का साथ चल्छ।उ सामाजिक हुन्छ ।कोहि समाजलाई बदल्न खोज्छन् ,त्यस माहोल लाई स्वार्थिमुलक ढंगले लाभकाे शन्कुचित धेयले चल्छ भने त्यो दिगो हुन्दैन ।र समाजमा नराम्ररी हठात् उदाङ्ग हुन पुग्छ ।राजनीतिज्ञले सु राजनीति गर्छ ।उ लोक्ले सम्मानित हुन्छ ।समाज अनि राज्यको स्रोत हिनामिना गर्छ भने उ कु राजनीतिज्ञ वा भ्रष्ट मानिन्छ ।समाज ,रास्ट्र ,संघसंगठन,संस्था ,का नगद ,जिन्सी ,हरेक साधन स्रोत माथि निर्लज्ज ब्यक्तिगत संकीर्ण दृस्ठि लगाइ समाज वा राष्ट्र लाई झुक्याएर अपचलन वा ग्रहण गर्नु लाई भ्रस्टाचार भनिन्छ ।।।हाल विकसित एबम बिकाससिल सबै देस हरुमा भ्रस्टाचार विभिन्न देश का विशिष्ट सम्यन्त्र का तहहरु मा सृजित भैरहेछन ।यस्तो कदम हरुले सामाजिक ,राजनीतिक,तहहरुमा ब्याबधान सृजना गरिरहेको छ ।येस्ता घृणित संस्कार हरुले समाज वा समग्र देस लाई नै नकारात्मक दुरगामी प्रभाव पारिरहेको हुन्छ ।जन ठग गरि बढी भन्दा बढी लाभ लिनु, सिग्घ्र सम्पन्न हुने महत्त्वाकांक्षी हुनु।प्रतिष्ठित सामाजिक ,आर्थिक ,भौतिक साधन माथी गिद्दे नजर लगाउनु ,शोझो प्रक्रिया लाई घुमाउरो तबरबाट लाभ लिने प्रयत्न गर्नु,कलुसित मन बोकेका ब्यक्ति वा समुह बाट जनधनको दुरुपयोग कार्य हुनु ,बितरित जनस्तर का बजेट का कार्य हरुलाइ धेरै लाभ राखी (ब्यक्ति वा समुह मा) अपचलन कार्य आदि भ्रष्ट सो चका साथ गरिएका भ्रष्टाचारी कार्य प्रक्रिया हरु हुन।यदि यस्ता कार्यले समाजमा प्रस्रय पाएको त छैन ? चनाखो बनौं ।भ्रष्टाचारी कदमलाई समाज अनि राष्ट्र का हरेक छेत्र हरु बाट हतोत्साहित बनाइ समुन्नत समाज को निर्माण गर्नु पर्छ कि?हो अबस्य जसले समाज लाई बिसङती बिकृती बाट मुक्त राखन कोशिस गर्छ ।समाजलाई सहज पार्न सामाजिक कार्य गर्न अगाडि बढछ ।सो ब्यक्ति वा निकाय प्रती समाज वा देस चुसाहा जस्ता धमिराहरुले हतोत्साहित पार्न खोज्छन् ।अनेक हत्कनडा अपनाउन सक्छन् ।जे भए पनि अन्ततोगत्वा समाजसेवी ब्यक्ति कै जित हुन्छ ।।। अवस्य हो यतिखेर हाम्रो देस नेपाल भ्रस्टाचार को दलदलमा परेको छ ।आर्थिक ,सामाजिक ,राजनैतिक हरेक तह हरु भ्रष्टाचार बाट मुक्त हुन सकेका छैनन् । सत्ता मा रमाएका नेताहरू पनि नियम उछिनेर चाडै करोड पति हुने धन्दा मा लिप्त छन् ।कतिपय सरकारी कर्मचारीले देश को राजस्व हिनामिना गरेको समाचार बनेका छन् ।कोरोना रोग लाई लक्ष्यित बनाइए का स्वस्थ्य सामाग्री को दुरुपयोग भए का खबर आए का छन। स्थानिय निकाय हरुमा पनि कतिपय जनप्रतिनिधि हरुले बिकास निर्माण को नाममा आथिक दुरुपयोग गरेका खुल्न आएका छन् ।यस्तो कार्यहरू भ्रष्टाचारका छ्नक हरु हुन् ।त्यसै ले समाज लाई हरेक तबर बाट सबल पर्नु पर्छ ।अनि बिकास कार्यमा लागनु भएका बुद्धिजीवी ,समाजसेवी ,नागरिकसमाज ,राजनितीज्ञ,पत्रकार एबम समाजका हरेक छेत्रमा रहेर सामाजिक कार्य मा लिप्त हुनुभएका जागरुक युबा अनि अन्य ब्याक्तित्व हरुले समाज अनि देसलाइ भ्रस्टाचार को जञ्जाल बाट मुक्त राख्न पहल गर्नु पर्छ कि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *